धनुषा- जनकपुर उपमहानगरपालिकामा शनिबार बिहानैदेखि मतगणना सुरु भएको छ।
शुरुआती चरणमा नेपाली कांग्रेसका बागी उम्मेदवारले अग्रता लिएका छन्। कांग्रेसका बागीलाई स्वतन्त्र उम्मेदवारले पछ्याएका छन्।
कांग्रेसका बागी उम्मेदवार मनोजकुमार साहले ३९ मत प्राप्त गरेका छन्। उनलाई स्वतन्त्र उम्मेदवार बलराम महतोले १० मत प्राप्त गर्दै पछ्याइरहेका छन्।
अर्का स्वतन्त्र उम्मेदवार जानकीराम साहले ७ मत पाएका छन्। एमालेका शिवशंकर साह हिराको पक्षमा पनि ७ मत परेको छ।
जसपाका गठबन्धन उम्मेदवार लालकिशोर साहको छाता चिन्हमा ३ मत परेको छ।