धनगढी- कैलालीमा चार स्थानीय तहमा मतगणना सुरु भएको छ। गोदावरी नगरपालिका, बर्दगोरिया गाउँपालिका, कैलारी र जोशीपुर गाउँपालिकामा मतगणना सुरु भएको हो।
गोदावरी नगरपालिकामा कांग्रेसले सुरुवाती अग्रता लिएको छ। बर्दगोरिया गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्।
गोदावरीमा १३० मतगणना हुँदा कांग्रेसका उम्मेदवार वीरेन्द्र भट्टले ५९ र एमालेका उम्मेदवार गोकर्ण भट्टले ४५ मत पाएका छन्।
बर्दगोरिया गाउँपालिकाको अध्यक्ष पदमा एमाले र उपाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन्।
बर्दगोरियामा एक सय मतगणना हुँदा एमालेका कर्ण कुँवरले ५०, कांग्रेसका शेरबहादुर कठरियाले २५ मत पाएका छन्।
जोशीपुर गाउँपालिकामा पनि गणना सुरु भएको तर विवाद भएपछि रोकिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेद जोशीले जानकारी दिए।