खोटाङ- खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ। दुई सय मतगणना हुँदा कांग्रेसका अध्यक्ष पदका उम्मेदवार नइन्द्र राईले ७७ र उपाध्यक्षकी उम्मेदवार रमा कट्वालले ८१ मत प्राप्त गरेकी छन्।
यस्तै माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार गोपालचन्द्र राईले ६४ र उपाध्यक्षकी उम्मेदवार नैनकुमारी खत्रीले ६१ मत ल्याएकी छन्।
एमालेका अध्यक्षका उम्मेदवार लोकेन्द्र राईले ४६ र उपाध्यक्षकी उम्मेदवार अरुणा थापा मगरले ४० मत ल्याएकी छन्। दिप्रुङमा शुक्रबार राति १:२० बजेदेखि मत गणना सुरु गरिएको हो।