बुटवल- अर्घाखाँचीको मालारानी गाउँपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ। दुई सय मतमणना हुँदा एमालेले १०१ मत प्राप्त गरेको छ। गठबन्धनका उम्मेदवारले भने ५५ मत पाएका छन्।
त्यसैगरी उपाध्यक्ष पदमा पनि एमालेले नै अग्रता लिएको छ। एमालेले उपाध्यक्षमा पदमा १०४ मत प्राप्त गरेको छ। उता गठबन्धनका उम्मेदवारले ५१ मत ल्याएका छन्।
मालारानी गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धन रहेको छ। एमाले भने एक्लै चुनावी प्रतिस्पर्धामा छ।