धनगढी- डडेलधुराको गन्यापुधुरा गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ। सात सय मत गणना भइसक्दा कांग्रेसले अग्रता लिएको निर्वाचन समितिले जनाएको छ।
सात सय मत गणना हुँदा कांग्रेस उमेदवार इन्द्रबहादुर कार्कीले ३६९ मत प्राप्त गरेका छन्।
उक्त पालिकामा नेकपा एकीकृत समाजवादीका नरबहादुर विष्ट, राप्रपाबाट कृष्णदेव भट्ट, राष्ट्रिय जनमोर्चाबाट टंकप्रसाद अवस्थी, नेपाली कांग्रेस बीपीबाट सुरेन्द्रबहादुर माली उमेदवार छन्।
सो पालिकामा एमालेले कांग्रेस बीपीलाई समर्थन गरेको छ। कांग्रेस बीपीको १६३ मत प्राप्त भएको छ। गन्यापधुरा कांग्रेस सभापति शेरबहादुर देउवाको गृहपालिका हो।