धनगढी- कञ्चनपुरको बेलौरी नगरपालिकामा शनिबार बिहानैबाट मतगणना सुरु भएको छ। शनिबार बिहान सवा ४ बजेबाट बेलौरी नगरपालिकामा मतगणना सुरु भएको हो।
कञ्चनपुरका अन्य पालिकामा भने मतगणना सुरु भएको छैन। ९ स्थानीय तहमध्ये पुनर्वास नगरपालिका–१० मा मतदान स्थगित गरिएको छ।
मृत्यु भएका व्यक्तिको नाममा फर्जी मत खसाल्न खोजेपछि विवाद बढेपछि मतदान स्थगित भएको थियो।