मनाङ- मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घले निर्वाचित भएका छन्। उनी दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्षमा चुनिएका हुन्।
घलेले ३२० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत ल्याए।
उपाध्यक्षमा भने कांग्रेसकी मिङमार ढोमा लामा निर्वाचित भइन्। उनले ३ सय २५ मत ल्याएकी छन्। उनकी प्रतिस्पर्धी एमालेकी आशकुमारी गुरुङले २ सय ७४ मत मात्र प्राप्त गरिन्।
चामेमा ७११ मतदाता थिए। तीमध्ये ६१० मत खसेको थियो।