चामे- मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन्। लामा १५८ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामा थिए। कृष्णले १११ मत पाए। ४ सय ८४ मतदाता रहेको गाउँपालिकामा ३०४ अर्थात् ६७ दशमलव ८५ प्रतिशत मत खसेको थियो।
उपाध्यक्षमा नेकपा एमालेका मेङमर फुन्चो लामा निर्विरोध भएका थिए। उपाध्यक्षमा कांग्रेस, स्वतन्त्रलगायतले उम्मेदवारी दर्ता नगरेपछि मेङमरको एकल उम्मेदवारी परेको थियो।