पोखरा- पोखरा महानगरपालिकाको मतगणना शनिबार मात्रै हुने भएको छ। शुक्रबार अबेरसम्म मतपेटिका आउन समय लाग्ने भएकाले शनिबारका लागि मात्र सर्वदलीय बैठक राख्ने मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए।
सबै मतपेटिका उपत्यका नगर विकास समिति र जिल्ला समन्वय समितिका हलहरु ल्याइँदैछ। नगर विकास समितिका २ र जिससका ३ ठाउँमा मतपेटिका राखेर गन्ने तयारी छ। नगर विकास समितिका २ हलमा २-२ खाल र जिससका ३ ठाउँमा २-२ खाल बनाइ ८ समूह बनाएर मतगणना गरिनेछ।
पोखराको मेयरमा एमालेबाट कृष्ण थापा, नेकपा एसबाट धनराज आचार्य र स्वतन्त्र उम्मेदवार गनेस पौडेलबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। पोखरामा स्वतन्त्र मेयर उम्मेदवारको संख्या २३ छ।