शनिबार, मंसिर १३, २०८२

रुपन्देहीमा ७४ प्रतिशत मतदान, बुटवलको गणना १२ बजेदेखि

जिल्ला निर्वाचन कार्यालयका अनुसार ७४ प्रतिशत मत खसेकाे प्रारम्भिक विवरण आएकाे जनाएकाे छ। सबै पालिकाहरूले विवरढ नपठाएकाले यथार्थ विवरण आउन नसकेकाे निर्वाचन प्रमुख अयाेध्याप्रसाद उपाध्यायले बताए।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

बुटवल- रुपन्देहीमा ७४ प्रतिशत मत खसेकाे निर्वाचन कार्यालयले जनाएकाे छ। १ उपमहानगर, ५ नगरपालिका र १० गाउँपालिका रहेकाे यहाँ अबेरसम्म मतदान भएकाे थियाे।

National life

जिल्ला निर्वाचन कार्यालयका अनुसार ७४ प्रतिशत मत खसेकाे प्रारम्भिक विवरण आएकाे जनाएकाे छ। सबै पालिकाहरूले विवरढ नपठाएकाले यथार्थ विवरण आउन नसकेकाे निर्वाचन प्रमुख अयाेध्याप्रसाद उपाध्यायले बताए।

धेरैजसाे पालिकाहरूमा आजै रातिबाट मतगणनाकाे तयारी थालिएको छ। बुटवल उपमहानगरपालिकामा १२ बजेबाट मतगणना सुरू हुने निर्वाचन अधिकृत लेखनाथ पाैडेलले जानकमरी दिए। उनले केही बेरमा सर्वदलीय बैठक बसेर मतगणना कसरी गर्ने भन्ने टुंगो लगाउने बताए। बुटवलमा वडा न १ र १९ बाट शुरू गर्ने तयारी भइरहेकाे छ। यद्यपि यसमा दलहरूकाे सहमति हुन बाँकी छ।  

बुटवल उपमहानगरमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजालीले ढाकिएकाे छ। त्यस्तै सिद्धार्थ नगरपालिकामा साढे ११ बजेदेखि गणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृत धनसिंह महराले बताए।

प्रकाशित: May 13, 2022| 23:15 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।