मंगलबार, असार ९, २०८३

६४ प्रतिशत मतदान भएको अनुमान, ४४ वटा केन्द्रमा स्थगित

आज शुक्रबार भएको स्थानीय तह निर्वाचनमा ६२ प्रतिशत मत खसेको अनुमान निर्वाचन आयोगले गरेको छ।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

काठमाडौं– आज शुक्रबार भएको स्थानीय तह निर्वाचनमा ६४ प्रतिशत मत खसेको अनुमान निर्वाचन आयोगले गरेको छ। देशभरबाट विस्तृत विवरण आइनसकेकोले यो आँकडा थपघट हुन सक्ने आयोगले जनाएको छ। 

National life

आज देशभरका ७५३ वटै स्थानीय तहमा मतदान भएको थियो। २८ वटा मतदानस्थलका ४४ वटा केन्द्रको निर्वाचन भने विभिन्न कारणले स्थगित भएको आयोगले जनाएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने, ‘कतिपय ठाउँमा अहिले पनि मतदान भइरहेको छ। देशभरको यकिन तथ्यांक आइसकेको छैन, तर हामीले संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार ६४ प्रतिशत मतदान भएको छ।’

उनका अनुसार काठमाडौंमा ५२ प्रतिशतमात्रै मतदान भएको छ। ‘यो प्रारम्भिक तथ्यांक हो, बढ्न पनि सक्छ। तर हामी यो तथ्यांकमा खुसी छैनौं। आयोगले अनुमान गरेकोभन्दा यो फरक तथ्य हो,’ उनले भने। आयोगले ६५ देखि ७० प्रतिशतसम्म मतदान हुने अनुमान गरेको थियो।

प्रमुख निर्वाचन आयुक्त थपलियाले एकैपटक निर्वाचन हुँदा सुरक्षा प्रबन्धमा समस्या भएको महसुस भएको बताए। राजनीतिक दल र उम्मेदवारबाट समेत असहयोग भएको उनले बताए।

Shivam cement

प्रकाशित: May 13, 2022| 19:45 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...