काठमाडौं– स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान कार्य सम्पन्न भएर मतपेटिका मतगणस्थलमा लगिएको छ। मतदान सम्पन्न भएलगत्तै काठमाडौं महानगरपालिकाका मतपेटिका राष्ट्रिय सभागृहमा जम्मा गरिएको छ।
काठमाडौं महानगरपालिकाको मतगणना आजै राति ८ बजेबाट शुरु गरिने निर्वाचन आयोगले जनाएको छ। अहिले देशका विभिन्न स्थानका मतपेटिका संकलन गरी मतगणनास्थलतर्फ लैजाने क्रम चलिरहेको छ।
काठमाडौंको मेयरमा सत्ता गठबन्धनबाट सिर्जना सिंह र नेकपा एमालेबाट केशव स्थापित उम्मेदवार छन्। त्यसैगरी बालेन शाहलगायत स्वतन्त्र उम्मेदवारहरु पनि मैदानमा उत्रिएका छन्।