मंगलबार, असार ९, २०८३

पाँचवटा पालिकामा मतदान स्थगित, विस्तृत विवरण आउँदै

आज शुक्रबार देशभरका ७५३ वटा स्थानीय तहमा मतदान भएकोमा पाँच वटा पालिकाका केही स्थानमा मतदान स्थगित भएको छ।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

काठमाडौं– आज शुक्रबार देशभरका ७५३ वटा स्थानीय तहमा मतदान भएकोमा पाँच वटा पालिकाका केही स्थानमा मतदान स्थगित भएको छ। कुल १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमध्ये पाँच ठाउँमा स्थगित भएको हो।

National life

जुम्लाको गुठीचौर गाउँपालिका, काभ्रेको पाँचखाल नगरपालिका, सप्तरीको डाक्नेश्वरी नगरपालिका, रौतहटको फतुवा विजयपुर नगरपालिका र कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा मतदान स्थगित भएको निर्वाचन आयोगको प्रारम्भिक तथ्यांक छ। 

जुम्लाको गुठीचौर गाउँपालिका वडा नम्बर ३ को मतदान स्थगित भएको छ। काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर १३ को मतदान स्थगित भएको छ। 

सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ मा पनि पुनः मतदान हुने भएको छ। त्यसैगरी रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ७ मा पनि मतदान स्थगित भएको छ।

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा पनि मतदान स्थगित भएको छ। देशभरका निर्वाचन कार्यालयहरुबाट विवरण आइरहेको निर्वाचन आयोगले जनाएको छ। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको थियो।

Shivam cement

प्रकाशित: May 13, 2022| 18:37 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...