बिहीबार, साउन २८, २०८३

मतदानको समय सकिए पनि लाइन बसेकाले भोट दिन पाउने

स्थानीय तह निर्वाचनअन्तर्गत आज बिहान सात बजे सुरु भएको मतदान अहिले साँझ ५ बजे सकिएको छ।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

काठमाडौं– स्थानीय तह निर्वाचनअन्तर्गत आज बिहान सात बजे सुरु भएको मतदान अहिले साँझ ५ बजे सकिएको छ।

यद्यपि, लाइनमा लागेका वा मतदान स्थलभित्र प्रवेश गरिसकेका मतदाताले भने ५ बजेपछि पनि मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ।

बिहान सात बजे सुरु हुने मतदानका लागि कतिपय मतदान केन्द्रमा ६ बजेदेखि नै मतदाताको लाइन लागेको थियो।

देशभरका ७५३ वटा स्थानीय तहमा आज एकैदिन निर्वाचन भएको हो। 

देशका केही स्थानमा झपड र विवाद भएपछि मतदान प्रक्रिया रोकिएको छ। राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपछि मतदान प्रक्रिया अवरुद्ध भएको हो। केही स्थानमा पुनः सुचारु भइसकेको छ भने केही स्थानमा अर्को दिन मतदान गर्ने गरी स्थगित भएको छ।

निर्वाचन आयोगका अनुसार ताप्लेजुङ, खोटाङ, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, नुवाकोट, काठमाडौं, काभ्रे, मकवानपुर, रौतहट, बारा, दाङ, कालिकोट, हुम्लालगायतका जिल्लाका विभिन्न मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ।

प्रकाशित: May 13, 2022| 17:27 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...