बुधबार, कात्तिक १९, २०८२

मोरङमा ११३ वर्षीया अधिकारीले गरिन् मतदान, ५५ प्रतिशत मत खस्यो

स्थानीय तह निर्वाचन अन्तर्गत मोरङमा पनि मतदान जारी छ। दिउँसो ३ः३० सम्ममा ५५ प्रतिशत मत खसेको छ।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

विराटनगर– स्थानीय तह निर्वाचन अन्तर्गत मोरङमा पनि मतदान जारी छ। दिउँसो ३ः३० सम्ममा ५५ प्रतिशत मत खसेको छ। 

Kumaribank

जिल्लाका १७ वटै स्थानीय तहमा जारी मतदानमा दिउँसोसम्म ५५ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए। उनका अनुसार  बिना अवरोध शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। खसेको मत प्रतिशत सबै पालिकाअनुसार भिन्दाभिन्दै रहेको उनले बताए। विराटनगरमा ५० प्रतिशत मत खसेको दाहालले बताए।

 विराटनगरबाहेक धनपालथान, बूढीगंगा, ग्रामथान गाउँपालिका र रंगेली तथा रतुवामाई नगरपालिकामा ५०–५० प्रतिशत मत खसेको दाहालले बताए। उर्लाबारी नगपालिकामा ५५ प्रतिशत मत खसेको छ । 

कटहरी, मिक्लाजुङ र कानेपोखरी गाउँपालिका तथा सुन्दरहरैँचा सुनवर्षी, बेलबारी र पथरीशनिश्चरे नगरपालिकामा ६०–६० प्रतिशत मत खसेको जानकारी दाहालले दिए । उनका अनुसार जहदा र केराबारी गाउँपालिका तथा लेटाङ नगरपालिकामा ६५–६५ मत खसेको छ । 

मोरङमा मतदान प्रक्रियामा सहभागी हुन पाउने मतदाताको संख्या ७ लाख १५ हजार २ सय २३ छ 

Metro Mart

प्रकाशित: May 13, 2022| 16:38 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।