मंगलबार, असार ९, २०८३

मतदान गर्न चिटको सहारा

मतदाता शिक्षा पर्याप्त नभएपछि राजनीतिक दलले मतदातालाई चिट चोराउँदै मतदान गर्न लगाएका छन्।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

भरतपुर– मतदाता शिक्षा पर्याप्त नभएपछि राजनीतिक दलले मतदातालाई चिट चोराउँदै मतदान गर्न लगाएका छन्। भरतपुरका केही मतदान केन्द्रमा मतदातालाई गठबन्धन दलको नमुना मतपत्रको चिट सहित मतदान केन्द्रमा छिराएर सोही अनुसार भोट हाल्न लगाएका छन्। 

National life

मतदाताहरुले मतदान गर्ने कोठाको भेउ नपाउँदा गठबन्धन दलले बनाएको चिट चोरेर असम्बन्धित व्यक्तिले समेत मतदान गरेका छन्। भरतपुर महानगरमा गठबन्धन दलले मतदान गर्नका लागि सजिलो हुनेगरी नमुना मतपत्रको केही भाग छापेर चिट बनाएका छन्। 

मतदान गर्नका लागि  सजिलो हुनेगरी आफ्नो दलको चुनाव चिह्न मात्रै राखेर सानो नमुना मतपत्र बनाएर भोट हालेको भन्ने गुनासो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पनि पुगेको छ। कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले भने,  ‘मतपत्रको केही अंशमा मात्रै चिन्ह लगाएर मतदान गर्नका लागि उक्त चिट लिएर गएको भन्ने गुनासो आएको छ। मतदानको दिन मतदान अधिकृतलाई कारबाहीको अधिकार हुन्छ, हामीले मतदान अधिकृतलाई नै कारबाहीको जिम्मा दिएका छौं।’

कृष्णपुरमा केही मतदाताको गोजीमा नमुना मतपत्रको चिट फेला परेपछि सुरक्षाकर्मीले उक्त चिट भित्र लैजान दिएका छैनन्। सूचना अधिकृत पौडेलका अनुसार मतदाता शिक्षाबारे जानकारी नभएर यो समस्या आएको हो। मतपत्रको नमुनाको केही भागमात्रै छापेर चिन्ह लगाएर मतदान केन्द्र भित्र गएको भन्ने गुनासो आएपछि कार्यालायले त्यस्ता गतिविधि रोक्न भनेको छ। चिट फेला परेपछि केही मतदाताहरुले प्रतिवाद गरेका थिए।

प्रकाशित: May 13, 2022| 16:16 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...