काठमाडौं- काठमाडौं उपत्यकामा पासविना चलाइएका २ सय ५८ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले होल्डमा राखेको छ।
आज निर्वाचनको दिन उपत्यकामा पास विना चलाइएका २ सय ५८ सवारी सधानलाई विभिन्न स्थानमा होल्डमा राखिएको हो। ट्राफिक प्रहरीका अनुसार होल्डमा राखिएका सवारी साधनमा २ सय ३६ वटा दुईपाङ्ग्रे र २२ वटा चारपाङ्ग्रे रहेका छन्।
काठमाडौं उपत्यका लगायत देशैभर आज अत्यावश्यक तथा पास लिएका सवारी साधन मात्र सञ्चालन भइरहेका छन्। आज स्थानीय तहको मतदानको दिन भएकाले सवारी साधन संचालनमा रोक लगाइएको हो।