शुक्रबार, कात्तिक १३, २०८३

छाङरु र तिङ्करको मतदान अन्तिम चरणमा, हेलिकोप्टर मतपेटिका लिन भोलि जाने

दार्चुलाको व्याँस गाउँपालिकाको छाङरु र तिङ्करको मतदान अन्तिम चरणमा पुगेको छ। छाङरुमा २ सय ३१ मतदाता छन्। जसमध्ये दुई सय ४ मत खसिसकेको छ।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

काठमाडौं- दार्चुलाको व्याँस गाउँपालिकाको छाङरु र तिङ्करको मतदान अन्तिम चरणमा पुगेको छ। छाङरुमा २ सय ३१ मतदाता छन्। जसमध्ये दुई सय ४ मत खसिसकेको छ। 

त्यस्तै तिङ्करमा मतदाता संख्या ३ सय ७५ छ, जसमध्ये १ सय २० मत खसिसकेको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख (सीडीओ) दीर्घराज उपाध्यायले छाङरु र तिङ्करको मतदान सकिए पनि ढुवानी शनिबार बिहान मात्रै हुने बताएका छन्।

उनका अनुसार त्यहाँको मतपेटिका ढुवानी गर्न नेपाली सेनाको हेलिकोप्टर शनिबार मात्रै जाने भएको छ।

नेपाल-भारत सीमा कालापानी नजिकको गाउँ छाङरु र तिङ्कर जाने बाटो नहुँदा मतपेटिका हेलिकोप्टरमार्फत गणनास्थल पालिकाको कार्यालय सुनसेरा ल्याउन लागिएको हो

छाङरु र तिङ्करमा चुनावका लागि मतपत्र पनि हेलिकोप्टरमार्फत नै ढुवानी गरिएको थियो। व्याँस गाउँपालिकामा कुल ७ हजार ८ सय चार मतदाता छन्।

प्रकाशित: May 13, 2022| 14:46 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...