मंगलबार, असार ९, २०८३

मतपत्र देखाएका बाबुरामलाई आयोगले सोध्यो स्पष्टीकरण

मतदान गर्दा मतपत्र देखाएका जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

काठमाडौं– मतदान गर्दा मतपत्र देखाएका जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। 

National life

भट्टराईले गृहजिल्ला गोरखाको पालुङटार नगरपालिकामा मतदानका क्रममा मतपत्रमा स्वस्तिक चिन्हले मत संकेत गरेको तस्बिर सार्वजनिक गरेका थिए।​ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत मत संकेत गरेको मतपत्रको तस्बिर सार्वजनिक गरेका थिए। आयोगले भट्टराईलाई २४ घण्टाभित्र जवाफ पेश गर्न निर्देशन दिएको छ।

आफ्नो मतपत्र सार्वजनिक गरेपछि आलोचित बनेका भट्टराईले ट्विटरमार्फत त्यसको बचाउ गरेका छन्। ट्विट गर्दैै उनले भनेका छन्, ‘लोकतन्त्रको आधार भनेको व्यक्तिले आफ्नो विचार–मत खुला रूपमा व्यक्त गर्न र प्रचारप्रसार गर्न पाउनु हो। मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुॅदैन। गोप्य मतदान भनेको कसैले आफ्नो मत गोप्य राख्न चाहन्छ भने उसलाई त्यो छुट दिने भनेको हो। तर कसैले खुला गर्छ भने रोक्ने भनेको हैन!’

आज बिहान गोरखामा मतदान गरेपछि उनले आफ्नो मतपत्रको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदान गरेपछि भट्टराईले आफूले कुन पार्टीलाई मत दिएको हो भन्ने देखिने तस्बिर फेसबुकमा सार्वजनिक गरेका हुन्।

प्रकाशित: May 13, 2022| 14:29 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...