सोमबार, साउन २५, २०८३

दैलेखमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप

दैलेखको आठबीस नगरपालिका-६ मा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

काठमाडौं- दैलेखको आठबीस नगरपालिका-६ मा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। आठबीस नगरपालिका-६ स्थित भैरव माध्यमिक विद्यालयको मतदान केन्द्रमा उनीहरूबीच झडप भएको हो।

कांग्रेस कार्यकर्ता गणेशबहादुर शाही एक्लैले दर्जनौं भोट हालेपछि झडपको अवस्था सिर्जना भएको एमालेको आरोप छ।

झडपमा एमालेका आधा दर्जन बढी कार्यकर्ता घाइते भएका छन्। घाइते हुनेमा दुर्गा थापा, कल्पना थापा, कमल थापा, दिल्ली थापा, बलबहादुर थापालगायत रहेका छन्।

कांग्रेसका कार्यकर्ता पुरन पुरी, गणेश पुरी, गणेश बहादुर शाही, गगन शाही, हर्कनाथ योगीलगायतले आक्रमण गरेको एमालेको आरोप छ।

मतपिटेकाहरू भने सुरक्षित स्थानमा राखेर मतदान प्रक्रिया स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

प्रकाशित: May 13, 2022| 14:05 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।