सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्याङ्जा जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुग्यो, मृतक धेरै कुँवर परिवारका

स्याङ्जा जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुग्यो, मृतक धेरै कुँवर परिवारका

स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

काठमाडौं- स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ। 

स्याङ्जाको वालिङ नगरपालिका-१४ मा भएको जिप दुर्घटनामा १४ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी रवीन्द्र खनालले बताए।

शुक्रबार बिहान करिब १० बजेर २० मिनेटमा स्याङजा वालिङ नगरपालिका-१४ पञ्चमुल अर्खलबासस्थित भित्री सडकखण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग२च ३०२६ नम्बरको जीप अनियन्त्रित भइ सडकबाट खसेको प्रहरीले जनाएको छ।

जीपमा सवार मध्ये १४ जनाको मृत्यु भएको, १२ जना घाइते भएको डिएसपी खनालले बताए। मृत्यु हुनेमा स्याङजा वालिङ नगरपालिका-१४ पञ्चमुल अर्खलबास बस्ने ६३ वर्षीय माया पुन, ९ वर्षीय प्रवीण कुँवर, ५० वर्षीय कुलदीप कुँवर, ५० वर्षीय डेमकुमारी कुँवर, ८६ वर्षीय हरिकला कुँवर, ५० वर्षीय टेककला कुँवर, २५ वर्षीय जमुना कुँवर, ७० वर्षीय भीमकला कुँवर रहेका छन्।

यस्तै सोही ठाउँका ७० वर्षीय मुवा कुमारी कुँवर, ४३ वर्षीय पोटकुमारी कुँवर,४३ वर्षीय जानुका कुँवर,  ४२ वर्षीय ज्ञान दली कुँवर, ५० वर्षीय मीना कुँवर र फुलदेवी कुँवरको ज्यान गएको छ।

प्रकाशित: May 13, 2022| 13:14 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।