सप्तरी- सप्तरीमा एक मतदान अधिकृतमाथि हातपात भएको छ। डाक्नेश्वरी नगरपालिकाको-२ स्थित हरिरबा जनता मावि मतदानस्थलका सहायक अधिकृत विपिन यादवमाथि हातपात भएको हो।
हजारभन्दा बढी मत खसिसकेको अवस्थामा केही व्यक्तिले एक्कासी तोडफोड र कर्मचारीमाथि कुटपिट सुरु गरेको निर्वाचन अधिकृत शम्भुनाथ मगरले बताए। उनले केकति कारणले उनीहरूले आक्रमण गरे र कुन दलका कार्यकर्ता हुन् भन्ने खुल्न नसकेको बताएका छन्।
तत्कालको लागि मतदान स्थगित गरिएको मगरले जानकारी दिए। उनले मतदानस्थलमा तोडफोड पनि भएको बताए।