शुक्रबार, कात्तिक १३, २०८३

थबाङमा भएको झडपपछि सम्पर्कविहीन भएका दुई जना अझै बेपत्ता

रोल्पाको थबाङमा भएको झडपमा परी सम्पर्कविहीन भएका दुई जना अझै भेटिएका छैनन्।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

काठमाडौं- रोल्पाको थबाङमा भएको झडपमा परी सम्पर्कविहीन भएका दुई जना अझै भेटिएका छैनन्।

बिहीबार राति करिब ८ बजेतिर थबाङस्थित उवामा  एमाले–कांग्रेस गठबन्धन र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको थियो। स्थानीय तह निर्वाचनको लागि मतदान केन्द्र व्यवस्थापन गरेर घर फर्कदै गरेका एमाले–कांग्रेसका कार्यक्रर्तालाई माओवादीका कार्यकर्ताले बाटो छेकेर आक्रमण गर्न खोज्दा दुई समूहबीच झडप भएको हो।

तर, झडपमा परेर सम्पर्कविहीन भएका तेलखोलाका २५ वर्षीय रमन घर्तीमगर र सोही ठाउँका २४ वर्षीय विस्तार घर्तीमगर अझैसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ। 

उनीहरू आफन्तको सम्पर्कमा पनि नरहेको र खोजीकार्य भइरहेको जिल्ला प्रहरी प्रमुख विनोद घिमिरेले बताए।

घटनापछि थबाङ-४ तेलखोलाका साज्जन घर्ती र सोही ठाउँका बुद्धि रोकामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

अहिले घटनास्थलमा पुगेर सशस्त्र प्रहरीको एक टोलीले थप अनुसन्धान गरिरहेको र  घटनाको यकिन विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए।

प्रकाशित: May 13, 2022| 12:48 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...