बिहीबार, साउन २८, २०८३

मतदान गरेपछि ओलीले भने– देश दुईदलीय प्रणालीमा जाने भो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एक्लै एउटा र अरु मिलिजुली अर्को दल बन्ने टिप्पणी गरेका छन्।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एक्लै एउटा र अरु मिलिजुली अर्को दल बन्ने टिप्पणी गरेका छन्। शुक्रबार मतदान गरेपछि उनले सञ्चारकर्मीहरुसँग प्रतिक्रया दिँदै अब मुलुक दुई दलीय प्रणालीमा जाने अवस्थामा पुगेको बताए। 

उनले भने, ‘एमाले एकातिर एउटा पार्टी एउटा पक्षको रुपमा गठबन्धन अर्कातिर अर्को पार्टी अर्को पक्ष रुपमा। अब मूलतः देश दुईदलीय प्रणालीमा गएको छ। आखिर कांग्रेस पनि एक्लै लड्ने स्थितिमा रहेन। वडासम्म पनि एक्लै लड्ने हिम्मत रहेन। अब क्रमशः दुईदलीय प्रणालीमा जान बाध्य भयो।’ अरु एउटै पार्टी भए वा मिलिजुली आए पनि एमालेलाई फरक नपर्ने दाबी उनले गरे।

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन रोक्न अन्तिमसम्म पनि प्रयास गरेको भन्दै ओलीले त्यो प्रयास असफल भएको बताए।

देउवाले वैशाख ९ मा मात्रै चुनाव सारौं भनेर आफूसँग प्रस्ताव गरे पनि नमानेको उनको भनाइ थियो। आगामी चैतमा चुनाव गर्ने गरी अहिलेको गठबन्धन नै लागिपरेको भन्दै एमालेको कारण चुनाव सार्न नसकेको बताए।

ओलीले स्थानीय तह निर्वाचनअन्तर्गत भक्तपुरको सूर्यविनायक–२ बालकोटस्थित महेन्द्र शान्ति मावि केन्द्रबाट मतदान गरेका हुन्।

झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्वप्रधानमन्त्री ओली तेह्रथुमको इवामा जन्मिएका हुन्। उनी २०२० सालमा झापा बसाइँ सरेका थिए। उनी अहिले भक्तपुरको बालकोटमा बस्दै आएका छन्।

प्रकाशित: May 13, 2022| 12:24 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...