सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना, १३ जनाको मृत्यु

स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना, १३ जनाको मृत्यु

स्याङ्जाको वालिङ नगरपालिका-१४ मा भएको जिप दुर्घटनामा १३ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी रवीन्द्र खनालले बताए।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

काठमाडौं- स्याङ्जामा जिप दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ। स्याङ्जाको वालिङ नगरपालिका-१४ मा भएको जिप दुर्घटनामा १३ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी रवीन्द्र खनालले बताए।

ग२च ३०२६ नम्बरको जिप दुर्घटनामा परेको उनले बताए। मतदाता बोकेर मतदान केन्द्रतिर जाँदै गरेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

खनालका अनुसार दुर्घटनामा १३ जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएका छन्। उनीहरूको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

जिप करिब ५०० मिटर तल खसेर दुर्घटनामा परेको खनालले बताए। 

प्रकाशित: May 13, 2022| 12:09 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।