काठमाडौं– बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ अन्तर्गतको मतदानस्थल सुनिपिपल चौर मावि मतदान केन्द्रमा झडप भएको छ।
सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीचको झडपका क्रममा केही मतपत्र च्यातिएको प्रहरीले बताएको छ।
झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर पनि गरेको छ। झडप भएको ठाउँ नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सहइन्चार्ज ऐन महरको मतदानस्थल पनि हो।