काठमाडौं– आफ्नो मतपत्र सार्वजनिक गरेपछि आलोचित बनेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले त्यसको बचाउ गरेका छन्।
केही बेरअघि ट्विट गर्दैै उनले भनेका छन्, ‘लोकतन्त्रको आधार भनेको व्यक्तिले आफ्नो विचार–मत खुला रूपमा व्यक्त गर्न र प्रचारप्रसार गर्न पाउनु हो। मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुॅदैन। गोप्य मतदान भनेको कसैले आफ्नो मत गोप्य राख्न चाहन्छ भने उसलाई त्यो छुट दिने भनेको हो। तर कसैले खुला गर्छ भने रोक्ने भनेको हैन!’
आज बिहान गोरखामा मतदान गरेपछि उनले आफ्नो मतपत्रको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदान गरेपछि भट्टराईले आफूले कुन पार्टीलाई मत दिएको हो भन्ने देखिने तस्बिर फेसबुकमा सार्वजनिक गरेका हुन्।
लोकतन्त्रको आधार भनेको व्यक्तिले आफ्नो विचार/मत खुला रूपमा व्यक्त गर्न र प्रचारप्रसार गर्न पाउनु हो।मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुॅदैन।गोप्य मतदान भनेको कसैले आफ्नो मत गोप्य राख्न चाहन्छ भने उसलाई त्यो छुट दिने भनेको हो।तर कसैले खुला गर्छ भने रोक्ने भनेको हैन!
— Baburam Bhattarai (@brb1954) May 13, 2022