शनिबार, मंसिर १३, २०८२

रुकुम पूर्वको एउटा केन्द्रमा मतदान सुरु हुन सकेन

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ पेल्मामा ११ बज्न लाग्दा पनि मतदान सुरु हुन सकेको छैन।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

काठमाडौं– रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ पेल्मामा ११ बज्न लाग्दा पनि मतदान सुरु हुन सकेको छैन।

National life

जिल्लाका अन्य सबै मतदान केन्द्रमा बिहान ७ बजेबाटै मतदान सुरु भए पनि पुथाउत्तरगंगा–२ को प्राथमिक विद्यालय पेल्मामा रहेको मतदान केन्द्रमा मतदान सुरु हुन नसकेको हो। 

त्यहाँ बिहीबार साँझ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच झडप भएको थियो। झडपपछि नेपाली कांग्रेसले आफ्ना कार्यकर्ता घाइते भएको भनेर हेलिकप्टरमार्फत उद्धार गर्नुपर्ने माग राखेको थियो। सोही विषयलाई लिएर कांग्रेसले चुनावमा भाग नलिने अडान लिएको बताइएको छ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काको पहलमा मतदान सुरु गर्ने प्रयास भइरहेको छ। उक्त मतदान केन्द्र विकट क्षेत्रमा पर्छ।

प्रकाशित: May 13, 2022| 10:51 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।