काठमाडौं– दैलेखको ठाटीकाँध गाउँपालिकास्थित एक मतदान केन्द्रमा झडप भएको छ। ठाटीकाँध गाउँपालिका–६ को मालिका माध्यमिक विद्यालयको केन्द्रमा दुई पक्षबीच झप भएको हो।
इच्छाइएका व्यक्तिको विषयमा विवाद हुँदा एमाले र मजदुर किसान पार्टीका कार्यकर्ताबीच झडप भएको बताइएको छ। दुई पक्षबीच भएको झडपलाई नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
झडपले उग्र रुप लिन थालेपछि उक्त केन्द्रको मतदान स्थगित भएको छ। मतदान पुनः सुरु गर्न सर्वदलीय बैठक बसिरहेको छ।