शुक्रबार, असोज २३, २०८३

प्रधानमन्त्री देउवाले गरे मतदान, आजै काठमाडौं फर्किने

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेका छन्। स्थानीय तहको निर्वाचन अन्तर्गत आज देउवाले डडेल्धुराबाट मतदान गरेका हुन्।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

काठमाडौं– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेका छन्। स्थानीय तहको निर्वाचन अन्तर्गत आज देउवाले डडेल्धुराबाट मतदान गरेका हुन्। 

देउवाले डडेलधुराको गन्यापधुरा वडा नम्बर १ स्थित असिग्राम मावि रुवाखोला मतदान केन्द्रबाट मतदान गरेका हुन्। देउवा केही दिनअघिबाट डडेल्धुरामै छन्। उनी आजै काठमाडौं फर्कने कार्यतालिका छ।

मतदानपछि प्रतिक्रिया दिँदै प्रधानमन्त्री देउवाले स्थानीय तह निर्वाचन हुँदैन भन्ने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गलत सावित भएको बताए। चुनाव नहुने भन्दै आएका ओली स्वयं निर्वाचनमा सहभागी भएको उनले टिप्पणी गरे।

‘ओलीले चुनाव हुँदैन–हुँदैन भन्थे। तर, आज उनीहरु नै चुनावमा सहभागी भएका छन्,’ देउवाले भने। मतदान गर्न प्रधानमन्त्री देउवा कैलालीको धनगढीबाट नेपाली सेनाको हेलिकोप्टरबाट रुवाखोला पुगेका थिए।




प्रकाशित: May 13, 2022| 10:35 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...