काठमाडौैं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनले चितवनमा चुनाव जित्नेमा आफू विश्वस्त रहेको बताएका छन्।
आज स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा रहेको मतदानस्थलबाट मत हालेपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले गठबन्धनले चितवनमा जित्नेमा विश्वस्त रहेको बताएका हुन्। उनले सबै मतदाताले स्वतन्त्रतापूर्वक मत हाल्न पाउनुपर्ने बताए। अध्यक्ष दाहालले जितमा अनावश्यक हौसिने र पराजितमा पूरै निराश हुने मानसिकताबाट लोकतन्त्र सुदृढ हुन नसक्ने बताए।
अध्यक्ष दाहालले चितवनमा आफ्ना मतदातालाई धम्की दिन नसक्ने भन्दै रेणु दाहाललाई नजिताए देश दुर्घटनामा जान्छ भन्ने कुरा झुटो भएको दाबी गरे।