मंगलबार, असार ९, २०८३

निर्धक्क भएर मताधिकार प्रयोग गर्न प्रधानमन्त्री देउवाको अपिल

धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नो निजी निवासबाट अपिल जारी गर्दै प्रधानमन्त्री देउवाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण व्यवस्थापनलाई चुस्तदुरुस्त बनाइएको बताएका छन्।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा निर्धक्कसँग मतदान गरी आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण देशवासीलाई हार्दिक अपिल गरेका छन्। 

National life

धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नो निजी निवासबाट अपिल जारी गर्दै प्रधानमन्त्री देउवाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण व्यवस्थापनलाई चुस्तदुरुस्त बनाइएको बताएका छन्। 

'बालिग मताधिकार तपाईं-हाम्रो संवैधानिक अधिकार र लोकतन्त्रको आधारस्तम्भ हो, स्थानीय तहदेखि नै लोकतान्त्रिक अभ्यासमा सहभागी भई लोकतान्त्रिक शासन पद्धतिको संस्थागत विकासमा योगदान पुर्‍याउन म सबैमा आग्रह गर्दछु,' प्रधानमन्त्री देउवाले अपिलमा भनेका छन्। 

प्रधानमन्त्री देउवाले डडेलधुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–१ स्थित मतदान केन्द्रवाट मतदान गर्नेछन्।

प्रकाशित: May 12, 2022| 19:57 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...