बुधबार, असार १०, २०८३

३५ हजार जनप्रतिनिधि छान्न देशभर आज मतदान

कुल मतदाताध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ जना अन्य छन्। निर्वाचन आयोगका अनुसार ७५३ स्थानीय तहका विभिन्न पदका लागि १ लाख ४५ हजार ११ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन्।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

काठमाडौं– देशभरका ७५३ वटै स्थानीय तहमा जनप्रतिनिधि छान्न आज (शुक्रबार) निर्वाचन हुँदैछ। मुलुक संघीयतामा गइसकेपछि दोस्रो पटक हुन लागेको स्थानीय तह सदस्य निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन्। मतदानका लागि बिहान ७ देखि साँझ ५ बजेसम्मको समय तोकिएको छ।  

National life

कुल मतदाताध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ जना अन्य छन्। निर्वाचन आयोगका अनुसार ७५३ स्थानीय तहका विभिन्न पदका लागि १ लाख ४५ हजार ११ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन्। यसमध्ये ८९ हजार ३१३ पुरुष र ५५ हजार ६९८ महिला उम्मेदवार छन्। कुल उम्मेदवारमध्ये ३९० जना निर्विरोध निर्वाचित भइसकेका छन्।

आयोगका अनुसार प्रदेश १ मा ३३ लाख ४७ हजार ३८४, मधेस प्रदेशमा ३३ लाख ३१ हजार १७०, बागमती प्रदेशमा ३४ लाख १२ हजार ८६९, गण्डकी प्रदेशमा १७ लाख ८९ हजार ४११, लुम्बिनी प्रदेशमा ३२ लाख १९ हजार ४५७, कर्णाली प्रदेशमा १० लाख १ हजार २८२ र सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १५० मतदाता छन्। 

आयोगले स्थानीय तह निर्वाचनका लागि १० हजार ७५६ मतदान स्थल निर्धारण गरेको छ। त्यसैगरी २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन्। स्थानीय तह निर्वाचनबाट ७५३ पालिकामध्ये २९३ मा नगर प्रमुख र ४६० मा गाउँपालिका अध्यक्ष निर्वाचित हुनेछन्। सोही संख्यामा नगर उपप्रमुख र गाउँपालिका उपाध्यक्ष चयन हुनेछन्। त्यसैगरी निर्वाचनबाट ६ हजार ७४३ वडाध्यक्ष, ६ हजार ७४३ महिला सदस्य, ६ हजार ७४३ दलित महिला सदस्य र १३ हजार ४८६ खुला वडा सदस्य निर्वाचित हुनेछन्।

निर्वाचनका लागि सरकारले १ लाख ९ हजार ८८ कर्मचारी खटाएको छ भने ६५ हजार ८६५ स्वयंसेवक पनि खटिनेछन्। करिब ५ हजार पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्ने भएका छन्।

Shivam cement

स्थानीय तह निर्वाचन प्रयोजनका लागि दर्ता भएका ७९ दलमध्ये ६५ दलले उम्मेदवारी मनोनयन गराएका छन्। निर्वाचन प्रयोजनका लागि दर्ता भएका मध्ये १४ दलले एउटा पनि उम्मेदवारी मनोनयन गराएका छैनन्। देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्थानीय तह छन्।

प्रकाशित: May 13, 2022| 05:10 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...