मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रचण्डले आचारसंहिता उल्लंघन गर्दा मौन बसेपछि चितवनका प्रजिअलाई स्पष्टीकरण

प्रचण्डले आचारसंहिता उल्लंघन गर्दा मौन बसेपछि चितवनका प्रजिअलाई स्पष्टीकरण

चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९
National life
Shivam cement

काठमाडौं- चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आचार संहिता उल्लंघन गरी निर्वाचन प्रचारप्रसार गर्दा पनि मौन बसेको भन्दै उनलाई स्पष्टीकरण सोधिएको आयोगले जानकारी दिएको छ। स्पष्टीकरण पेस गर्न तामाङलाई ८ घण्टाको समयावधि दिइएको  छ। 

प्रचण्ड २८ गते राती २:०० बजे भरतपुर पुगेका थिए। २९ गते बिहान ७ बजे बिहान माडी नगरपालिका-५ मा रहेको होटल प्याराडाइजमा गठबन्धनका उम्मेदवार र कार्यकर्ताहरुसहित करिब ३० जना व्यक्तिहरुसँग भेटघाट गरेका थिए। यसपछि भरतपुर महानगरपालिका वडा नं. २६ चनौली र दिव्यनगरमा कार्यकर्ता भेटघाट गरी स्थानीय तह निर्वाचनमा गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकामा उम्मेदवार रहनुभएका व्यक्तिको पक्षमा मत मागेको सुरक्षा निकायले जानकारी दिएको आयोगले उल्लेख गरेको  छ। यसपछि भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार रेणु दाहालको निवासमा फर्केका थिए। 

'निर्वाचन आचारसंहिता कार्यान्वयनको निम्ति गठित जिल्ला आचारसंहिता अनुगमन समितिको सदस्य भै जिम्मेवारी तोकिएको तपाईबाट आचारसंहिता उल्लङ्घन हुने कार्य भइरहँदा आवश्यक कारवाही नगरी मौन बस्ने कार्य भएबाट निर्वाचनको स्वच्छता र निष्पक्षतामा गम्भीर प्रश्न उठेकोले' तामाङलाई स्पष्टीकरण सोधिएको आयोगले पत्रमा उल्लेख छ। 


प्रकाशित: May 12, 2022| 18:52 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...