मंगलबार, असार ९, २०८३

प्रचण्ड र तीन मन्त्रीलाई आयोगको आठ घण्टे स्पष्टीकरण

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बहालवाला तीन मन्त्रीविरुद्ध उजुरी दर्ता भएको छ। निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उनीहरूविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा लिखित उजुरी परेको हो।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बहालवाला तीन मन्त्रीविरुद्ध उजुरी दर्ता भएको छ। निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उनीहरूविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा लिखित उजुरी परेको हो। 

National life

निर्वाचनको मौन अवधिमा निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै भरतपुरका अश्विन घिमिरेले विहीबार महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, श्रम तथा रोजागर मन्त्री कृष्णकुमार श्रेष्ठ र राज्यमन्त्री उमेश श्रेष्ठविरुद्ध पनि उजुरी दिएका हुन्। बुधबार चितवन आएका प्रचण्डले मौन अवधिको समयमा पनि कार्यकर्तालाई जम्मा गरी चुनाव जिताउनका लागि अपिल गरेको बताइएको छ। 

उजुरी अनुसार प्रचण्ड बिहीबार बिहान पश्चिम चितवनको विभिन्न स्थानमा गठबन्धनका उम्मेदवारको लागि भोट मागेका थिए। उजुरीमा मौन अवधिको समयमा निर्वाचन आचारसंहिताको कुनै परवाह नगरी सरकारी सवारीसाधनको दुरुपयोग गर्दै भरतपुर महानगरपालिका र माडी नगरपालिकाका आम मतदाताको घरघरमा पुगेर प्रचण्डले प्रभावमा पार्ने काम गरेको उजुरीमा उल्लेख गरिएको छ।

साथै मन्त्री किसान श्रेष्ठ र उमेश श्रेष्ठले भरतपुर महानगरमा आर्थिक चलखेल गरेको भनिएको २ वटा भिडीयोक्लिप पनि उजुरीमा संलग्न गराइएको छ। मुख्य निर्वाचन अधिकृत कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलका अनुसार निर्वाचन आयोगले सम्बन्धित व्यक्तिहरुलाई ८ घण्टाभित्र स्पष्टीकरण सोधेको छ।


Shivam cement



प्रकाशित: May 12, 2022| 18:21 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...