बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • वीरगञ्ज मेयर उम्मेदवार सरावगीलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

वीरगञ्ज मेयर उम्मेदवार सरावगीलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

जनता समाजवादी पार्टीका वीरगञ्ज महानगर कमिटी अध्यक्ष ईश्वरचन्द्र यादवले उजुरी दिएपछि आयोगले सरावगीलाई २४ घन्टे स्पष्टीकरण सोधेको हो।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

काठमाडौं- वीरगञ्ज महानगरपालिकाका मेयर उम्मेदवार विजय सरावगीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।  मतदातालाई प्रभावित पार्न पैसा बाँडेको आरोप लागेपछि उनलाई स्पष्टीकरण सोधिएको निर्वाचन आयोगले जानकारी दिएको छ। 

जनता समाजवादी पार्टीका वीरगञ्ज महानगर कमिटी अध्यक्ष ईश्वरचन्द्र यादवले उजुरी दिएपछि आयोगले सरावगीलाई २४ घन्टे स्पष्टीकरण सोधेको हो।

वैशाख २६ गते बेलुका साढे १२ बजे महानगरपालिकाको वडा नम्बर १६ को एक मतदाताको घरमा सरावगी गएका थिए। मत खरिद गर्न पैसा बाँडेको भन्दै जनता समाजवादीका समर्थकले होहल्ला गरेपछि उनी घरबाट निस्किएर भागेका थिए। 

जनता समाजवादी पार्टीबाट मेयरमा जितेका उनी निर्वाचन अगाडि एमालेमा प्रवेश गरेका थिए।

प्रकाशित: May 12, 2022| 16:19 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...