बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • लुम्बिनीमा संयुक्त पूजा गर्दै नेपाल र भारतका प्रधानमन्त्री, यस्तो छ मोदीको भ्रमण तालिका

लुम्बिनीमा संयुक्त पूजा गर्दै नेपाल र भारतका प्रधानमन्त्री, यस्तो छ मोदीको भ्रमण तालिका

प्रधानमन्त्री शेरबहादुर देउवा र मोदीबीच पवन प्यालेस होटेलमा भेटवार्ता हुनेछ। त्यहाँ मोदी इन्टरनेसनल बुद्धिस्ट फोरमको बैठकमा सहभागी हुने जानकारी दिइएको छ।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

काठमाडौं- जेठ २ गते बुद्धजयन्तीमा हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण कार्यक्रम नेपाल सरकारले सार्वजनिक गरेका छन्। २ गते मोदी हेलिकोप्टरमा लुम्बिनी आउनेछन्। उनलाई परराष्ट्रमन्त्री डा. नारायण खड्काले हेलिप्याडमा स्वागत गर्नेछन्। 

प्रधानमन्त्री शेरबहादुर देउवा र मोदीबीच पवन प्यालेस होटेलमा भेटवार्ता हुनेछ। त्यहाँ मोदी इन्टरनेसनल बुद्धिस्ट फोरमको बैठकमा सहभागी हुने जानकारी दिइएको छ। 

एक अर्ब ६० करोड रुपैयाँमा निर्माण हुने बौद्ध विहारको शिलान्यास गर्ने कार्यक्रमसमेत राखिएको छ। मोदी र देउवाले मायादेवी मन्दिरमा दीप प्रज्वलनसहित पूजाआजा गर्नेछन्।

मोदीले मायादेवी मन्दिरछेउको रूखमुनि ध्यान गर्नेछन्। अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा करिब दुई हजार सहभागीलाई मोदी र देउवाले सम्बोधन गर्ने कार्यक्रम छ। 

उनी त्यही दिन अपराह्न भारत फर्कनेछन्।

प्रकाशित: May 12, 2022| 15:32 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...