काठमाडौं- मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले आफ्नो चरित्रहत्या गर्ने प्रयास भएको बताएका छन्। जनकपुरमा पैसा बाँडेको आरोप लागेपछि प्रहरीले उद्धार गरी काठमाडौं आएपछि उनले यस्तो बताएका हुन्।
आफूमाथि झूटो आरोप लगाइएको उनको दाबी छ। यस विषयमा पत्रकार सम्मेलन गरी जानकारी दिने समेत उनले बताएका छन्।
जनकपुरको शीताशरण होटलमा आफूमाथि अभद्र व्यवहार भएको उनको भनाइ छ।
‘प्रहरी र प्रशासनले सुरक्षा दिएर म सकुशल काठमाडौं आइसकेको छु,’ अन्सारीले भने, ‘पत्रकार सम्मेलन गरेर यस विषयमा विस्तृत जानकारी दिनेछु।’