मंगलबार, असार ९, २०८३

काठमाडौं महानगरमा १५६ केन्द्र र ३६३ मतदानस्थल

भोलि हुने स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

काठमाडौं- भोलि हुने स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ।  

National life

तीन लाख २४२ मतदाता रहेको कामपाको वडा नम्बर १६ मा सबैभन्दा धेरै २० हजार १७५ मतदाता छन्। धेरै मतदाता हुने दोस्रोमा वडा नम्बर ३२ हो। यस वडामा १८ हजार ९१३ जना मतदाता छन्। वडा ३१ मा १८ हजार १०७ जना मतदाता  छन्। त्यसैगरी वडा नम्बर १ सबैभन्दा कम मतदाता हुने वडा हो। यस वडामा ३ हजार ७२९ मतदाता छन्।

वडा नम्बर २३ मा चार हजार ४७७ मतदाता छन्। वडा २० मा ४ हजार ६१४ मतदाता छन्। कामपामा १५६ वटा मतदान केन्द्र तोकिएका छन्। यसमा ३६३ वटा मतदानस्थल छन्। वडा ३१ सबैभन्दा धेरै मतदान केन्द्र भएको वडा हो। यसमा ११ केन्द्र छन्। 

यसैगरी वडा १६ मा १० केन्द्र छन्। यो वडा धेरै केन्द्र भएका वडामध्ये दोस्रोमा पर्छ। वडा ७ र ३२ मा ९/९ वटा केन्द्र छन्। सबैभन्दा कम मतदान केन्द्र भएको वडा २३ नम्बर हो। यसमा एउटा मात्र केन्द्र छ। वडा १९, २० र २४ मा २/२ वटा मात्र केन्द्र छन्। यसैगरी वडा १, ५, ८, १२, १८ र २९ मा ३/३ वटा मतदान केन्द्र छन्। 

सबैभन्दा धेरै मतदानस्थल भएको वडा १६ हो। यस वडामा २३ वटा बुथ छन्। वडा ३१ र ३२ मा २२/२२ वटा मतदानस्थल छन्। धेरै मतदानस्थल भएको तेस्रो वडा १४ नम्बर हो। यस वडामा २१ वटा मतदानस्थल रहेको जनाइएको छ। 

Shivam cement

प्रकाशित: May 12, 2022| 13:08 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...