बुधबार, पुस २, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • मौन अवधिमा मतदातालाई पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष पक्राउ

मौन अवधिमा मतदातालाई पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष पक्राउ

स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा मुस्लिम आयोगका अध्यक्ष पक्राउ परेका छन्। मौन अवधिको समयमा मतदातालाई रकम बाँडेको आरोपमा अध्यक्ष समिम मियाँ अन्सारी पक्राउ परेका हुन्।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

काठमाडौं– स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा मुस्लिम आयोगका अध्यक्ष पक्राउ परेका छन्। मौन अवधिको समयमा मतदातालाई रकम बाँडेको आरोपमा अध्यक्ष समिम मियाँ अन्सारी पक्राउ परेका हुन्।

National life

आज बिहान उनलाई धनुषा प्रहरीले जनकपुरधामस्थित सीतासरण होटलबाट नियन्त्रणमा लिएको हो। ०७५ साल चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई आयोगको अध्यक्षमा नियुक्त गरेका थिए।

अध्यक्ष अन्सारी बसेको होटलमा पैसा बाँडिएको भन्दै स्थानीय बासिन्दा र नेकपा एमालेका कार्यकर्ताले होटल घेराउ गरेका थिए।

अन्सारीसँगै रहेका पाँच जनालाई एमाले कार्यकर्ताले होटलमै थुनेर राखेपछि प्रहरीले बल प्रयोग गरेको थियो।

अध्यक्ष सन्सारीसहित पाँचै जनालाई प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। त्यसक्रममा प्रहरी र एमाले कार्यकर्ताबीच धक्कामुक्की पनि भएको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 12, 2022| 12:51 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।