बिहीबार, साउन २८, २०८३

पूर्व सांसदसहित भरतपुरका पाँच कांग्रेस नेता निलम्बित

स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासनविपरीत काम गरेको भन्दै नेपाली कांग्रेसले चितवन घर भएका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित पाँच नेतालाई निलम्बन गरेको छ।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

काठमाडौं- स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासनविपरीत काम गरेको भन्दै नेपाली कांग्रेसले चितवन घर भएका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित पाँच नेतालाई निलम्बन गरेको छ।

बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेसले पार्टीको केन्द्रीय निर्देशन एवं पाँचदलीय गठबन्धनका उम्मेदवारविरुद्ध सक्रिय रहेकाले पाँचैजनालाई पार्टी सदस्यबाट निलम्बन गरेको जनाएको हो। 

निलम्बनमा पर्नेहरूमा पूर्वसांसद भीमबहादुर श्रेष्ठ, तरुण दलका पूर्वकेन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, तरुण दल चितवनका पूर्वजिल्लासचिव आनन्दराज राउत र क्रियाशील सदस्य डा. केशव पौडेल रहेका छन्। 

उनीहरूलाई तत्काल लागू हुने गरी पार्टी सदस्यबाट निलम्बन गरिएको कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ।



प्रकाशित: May 12, 2022| 12:51 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...