मंगलबार, असार ९, २०८३

'छुनलाई होइन, हेर्नचाहिँ पाइन्छ मतपत्र'

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले सुरक्षित मतगणनाका लागि चितवनको भरतपुर महानगरपालिकामा तीव्र तयारी भइरहेको बताएको छ।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

काठमाडौं– मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले सुरक्षित मतगणनाका लागि चितवनको भरतपुर महानगरपालिकामा तीव्र तयारी भइरहेको बताएको छ। २०७४ को निर्वाचनमा मतपत्र च्यातिएपछि यसपटक भने सुरक्षित मतगणनाको तयारी गरिएको हो। 

National life

भतरपुर महानगरपालिकाको मतगणना चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा गर्ने तयारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलका अनुसार आयोगको निर्देशनपछि मतगणना स्थलमा सीसी क्यामेरा जडान गर्ने, तारजाली लगाउने, बत्ती जडान गर्ने लगायत काम भइरहेको छ। निर्वाचन आयोगले यसपटक मतपत्रको सुरक्षामा विशेष ध्यान दिएको छ।

शुक्रबार मतदान सकिएपछि सोही दिन मतपत्र मतगणना स्थलमा आइपुग्ने र सर्वदलीय बैठकपछि मतगणना सुरु गरिने पौडेलले बताए। ‘मतगणना स्थलमा तीन तहका सुरक्षाकर्मीको परिचालन गरिने तयारी छ,’ पौडेलले भने, ‘विगतमा भएका अनियमितता सुधारका लागि यसपटक विशेष सुरक्षा व्यवस्था गरिएको छ। यसपटक विगतका गल्ती दोहोर्याउन दिँदैनौं, दलका प्रतिनिधिहरुले मतपत्र च्यात्न नसकुन् भनेर विशेष व्यवस्था गरिएको छ। दलका प्रतिनिधि बस्नका लागि छुट्टै ठाउँ छुट्याइएको छ। प्रतिनिधिहरुले हेर्न मिल्ने तर छुन नमिल्ने तरिकाले मतगणनाको व्यवस्था मिलाइएको छ। मतगणना स्थलमा ८ वटा सिसी क्यामेरा जडान गरिएको छ।’ उनले बाहिर हल्ला आएजस्तो मतपेटिका साटिने सम्भावना पनि नरहेको बताए । 

पौडेलका अनुसार भरतपुरमा निर्वाचनको तयारी सकिने क्रममा छ। मतदानका लागि खटाउनुपर्ने कर्मचारीहरु र सुरक्षाकर्मी सम्बन्धित मतदान केन्द्रमा गएका छन्। मतदान केन्द्रअनुसार आवश्यक संख्यामा मतपत्र रुजु गरेर पठाइएको छ। सबै ठाउँमा मतपत्र पुगिसकेको छ। उता जिल्ला प्रहरी कार्यालयको समन्वयमा सुरक्षाको सम्पूर्ण तयारी गरिसकेको छ। 

भरतपुरमा यसपटक विगतका गल्ती हुन नदिने र शान्तिपूर्वक मतगणना हुने उनले बताए। २९ वटा वडा रहेको भरतपुर महानगरपालिकामा एक लाख ८५ हजार मतदाता रहेका छन्। यहाँ मतदानको लागि ६५ मतदानस्थल र २०२ वटा मतदान केन्द्र रहेका छन्।  

Shivam cement

चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले यसपटक मतगणनाको सुरक्षामा कुनै कमी हुन नदिने बताए। नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना तीनै निकायका सुरक्षाकर्मीलाई परिचालन गरिने उनले बताए।

प्रकाशित: May 12, 2022| 12:45 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...