बिहीबार, पुस २५, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • बागी उठेर जनकपुरको पहिलो मेयर बनेका वृशेषचन्द्र लालको यस्तो छ चुनावी अनुभव

Siddartha premir insuranceSiddartha premir insurance

बागी उठेर जनकपुरको पहिलो मेयर बनेका वृशेषचन्द्र लालको यस्तो छ चुनावी अनुभव

०१७ सालदेखिको इतिहास हेर्दा जनकपुरमा ०७४ सालमा बाहेक कुनै दलले नेतृत्व गर्न पाएका छैनन्। ०४६ सालमा प्रजातन्त्र पुनर्बहाली भएपछि ०४७ जेठ २८ गतेबाट देशमा नगरपालिका ऐन लागू भयो। र, ०४९ सालमा पहिलोपटक जनकपुर नगरपालिकाको निर्वाचन भएको थियो।
 |  बिहीबार, वैशाख २९, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

बिहीबार, वैशाख २९, २०७९

ntc landingntc landing

काठमाडौं– तत्कालीन पञ्चायती सरकारले नेपाल राज्य नगरपालिका ऐन, २००९ बमोजिम ०१७ जेठ १३ गते जनकपुर नगरपालिका गठन गरेको थियो। त्यसबेला श्यामसुन्दर शर्मालाई पञ्च सरकारले सिधै ‘चेयरम्यान’ बनाएको थियो। त्यसपछि तत्कालीन राजा महेन्द्रले ०१७ सालकै पुस २२ गते नेपालमा पञ्चायती व्यवस्था लागू गरेपछि जनकपुर नगरपालिकाको नाम ‘जनकपुर नगर पञ्चायत’ राखेका थिए।

himalayan bank box

०१७ सालदेखिको इतिहास हेर्दा जनकपुरमा ०७४ सालमा बाहेक कुनै दलले नेतृत्व गर्न पाएका छैनन्। ०४६ सालमा प्रजातन्त्र पुनर्बहाली भएपछि ०४७ जेठ २८ गतेबाट देशमा नगरपालिका ऐन लागू भयो। र, ०४९ सालमा पहिलोपटक जनकपुर नगरपालिकाको निर्वाचन भएको थियो।

प्रजातन्त्र पुनर्बहालीपछिको पहिलो चुनावमा जनकपुरमा स्वतन्त्र मेयर उम्मेदवार वृशेषचन्द्र लालले जित हात पारे। उनले त्यसबेला नेपाली कांग्रेसबाट टिकट नपाएपछि बागी उम्मेदवारी दिएका थिए। कांग्रेसले दिगम्बर रायलाई टिकट दिएपछि उनी स्वतन्त्र रुपमा निर्वाचनमा होमिए र जित हात पारे।

उनै वृषेशचन्द्र लालसँग त्यसबेलाको चुनावी अनुभवबारे हामीले कुराकानी गरेका छौं। प्रस्तुत छ, उनीसँगको कुराकानीको सम्पादित अंश– 

०००

म अहिले तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय अध्यक्ष पनि हुँ। म जनकपुरमा पहिलोपटक स्वतन्त्र उम्मेदवार हुँदा वैचारिक आधार त थियो मसँग। मैले नेपाली कांग्रेस पार्टीलाई मान्थेँ। समाजवादी विचारलाई अगाडि बढाउनुपर्छ र चैते कांग्रेसीबाट सावधान हुनुपर्छ भन्थेँ। 

तर, नेपाली कांग्रेस पूर्वाग्राही भएर मलाई सांसदको टिकट पनि दिएन, मेयरमा माग्दा पनि दिएन। त्यसको विद्रोहमा मैले बागी उम्मेदवारी दिएँ। मलाई जनताले त्यसबेला राम्रै साथ पनि दिए। स्वतन्त्र उम्मेदारले वडाका उम्मेदवारसँग तालमेल मिलाउन नसक्दा जित्न गाह्रो हुन्छ। कुनै जग नै नबसेको र दलको सिन्डिकेटको बीच मैले चुनाव जित्न सफल भएँ। त्यसबेला मेरो चुनाव चिन्ह चश्मा थियो। 

अहिले त मतको भन्दा पनि पैसाको निर्वाचन भएको छ। हरेक कुरामा ‘सेटिङ’को कुरा हुन्छ। निर्वाचन आयोगले आचारसंहिता बनाएको छ, तर त्यो कर्मकाण्डी मात्रै देखिएको छ। न उम्मेदवारले त्यसलाई टेरपुच्छर लगाएका छन् न अरु कसैले। पैसाले नै कार्यकर्ता बनाउनेदेखि मत निर्धारण गरेको छ।

त्यसबेलाको निर्वाचन वैचारिक आधारमा हुन्थ्यो। को लोकतन्त्रवादी छ, को छैन, कसको प्रचार कस्तो छ, कति राजनीतिमा योगदान दिएको छ भन्ने आधारमा समाजका अगुवाहरुले समर्थन जनाउँथे। त्यसलाई जनताले पत्याउँथे। तर, अहिले जनतामा यतिसम्म खराब छाप बनाइयो कि, राजनीति गर्ने सबै बदमास नै हुन्छन् भन्नेसम्म परिसक्यो। जनता पनि त्यस्तै संस्कृतिमा अगाडि बढिरहेका छन्।

‘भोट किन सित्तै दिने त्यसलाई?’ भन्नेसम्म भइसक्यो। यो सबै हेर्दा अहिलेको भन्दा त्यसबेलाको निर्वाचन धेरै पारदर्शी थियो जस्तो लाग्छ। 

पहिला पनि निर्वाचन आचारसंहिता हुन्थ्यो। तर, त्यो राम्रोसँग पालना हुन्थ्यो। आयोगले धेरै लामो आचारसंहिता निकाल्दैनथ्यो। अहिले लेख्न केही छुटाउँदैनन्, तर कार्यान्वयन हुँदैन। जस्तो– अहिले जनकपुर आउनुस्, कसको दिवारमा पोस्टरहरु टाँसिएको छैन? पोस्टर कसले टाँस्यो भन्ने कुरा त्यही पोस्टरले नै भन्छ नि। खै त कारबाही? 

०१७ सालदेखिको इतिहास हेर्दा जनकपुरमा ०७४ सालमा बाहेक कुनै दलले नेतृत्व गर्न पाएका छैनन्। ०४६ सालमा प्रजातन्त्र पुनर्बहाली भएपछि ०४७ जेठ २८ गतेबाट देशमा नगरपालिका ऐन लागू भयो। र, ०४९ सालमा पहिलोपटक जनकपुर नगरपालिकाको निर्वाचन भएको थियो।

अर्को, कानै पाक्ने गरी भिडियो, गीत बजाएर हल्लाखल्ला गरिएको छ। लोगो बनाउन, लगाउन हुँदैन भनेर आयोगले भनेको छ। तर, लोगोहरु यति बनिरहेका छन् कि यहाँ गाडी नपाएर कतिले भारतबाट गाडी किनेर ल्याएर प्रदर्शन गरिएको छ। तिनीहरुलाई पनि कारबाही छैन।

पहिला नागरिकको जुलुस हुन्थ्यो, अहिले गाडीको हुन्छ। कसले तडकभडक धेरै देखाउने भन्ने प्रतियोगिता चलेजस्तो छ। साँझतिर उम्मेदवारहरुको घरमा ज्याला वितरण हुन्छ। यो कुरा यहाँ प्रष्ट देखिन्छ। निर्वाचन आयोगले यसमा बेवास्ता गरिरहेको छ। अनि लामालामा आचारसंहिता मात्र लेखेर के हुन्छ?

त्यसबेला मौन समयमा मतपत्र लिएर पनि घुम्न पाइँदैनथ्यो। प्रहरीको गस्तीले त्यसलाई नियन्त्रण गर्थ्यो। अहिले हेर्दा प्रहरी नै नभएजस्तो छ। त्यसबेला र अहिलेको त तुलनै गर्न मिल्दैन। म फेरि पनि भन्छु, उबेला वैचारिक प्रतिस्पर्धा हुन्थ्यो, अहिले पैसाको हुन्छ।

एजेन्डामा खासै परिवर्तन छैन

त्यतिखेरको हाम्रो एजेन्डा जनकपुर सरसफाइको कुरा थियो। प्रमुख मुद्दा नै फोहोर सफा गर्नु थियो। अहिले पनि उम्मेदवारहरुले त्यही कुरा घुमाइफिराइ राखिरहेको अवस्था छ। एजेन्डाको हिसाबले खासै फरक छैन। भलै अहिले प्रविधिको युग भएर त्यससँग सम्बन्धित केही नयाँ जोडिए पनि अन्य कुरामा अन्तर छ्रैन।

त्यसबेला घोषणापत्र निकाल्ने चलन पनि थिएन। मैले थाहा पाएसम्म यस्ता चुनावमा घोषणापत्र कसैले निकालेको पाएको थिइन। मैले पहिलोपटक घोषणापत्र निकालेको थिएँ। हामीले त्यसबेला पहिलोपटक विशेषगरी छठ पर्वको सौन्दर्यीकरण गर्ने कुरा लेखेका थियौँ। अहिले पनि यसको चर्चा भइरहन्छ।

भारतबाट प्राविधिक बोलाएर प्रचारप्रसार गरिन्थ्यो

त्यसबेला हामी माइकिङ गर्दै प्रचार गर्थ्यौं। गाडीमा स्पीकर राखेर प्रचार गर्दै हिँड्ने चलन थियो। त्यसबेला हाम्रा पनि केही कमजोरी भएका थिए। मुख्यतः ध्वनी प्रदूषणको कुरामा सचेत थिएनौँ। अहिले विस्तारै यी कुरामा ख्याल हुन थालेको छ।

हाम्रो पालामा माइकिङ गरेर प्रचारप्रसार गर्ने चलन त एकदमै बढी थियो। अरु उपाय पनि थिएन। हामी आफैँले राम्राराम्रा गीत बनाएर प्रचारमा हिँड्थ्यौँ। मैथिलि भाषामा गीतहरु बनाइन्थे। आफैँ गाउँदै पनि हिँड्थें। 

अर्को कुरा हामीले सहरभरि नै स्पीकर थुप्रै ठाउँमा राखेका हुन्थ्यौँ। जसलाई एउटा केबल मार्फत एकैपटक सञ्चालन गरिन्थ्यो। एकैठाउँबाट सबैतिर उही सामग्री बजाइन सक्ने प्रविधि थियो। शहरभरीका स्पीकरहरु केबलमार्फत एकैठाउँबाट ‘कन्ट्रोल’ हुन्थ्यो। बिहान भजन बजाउँथ्यौँ। दिउँसो अरु प्रचारका कामहरु गर्थ्यौं।

मलाई त यस्तो प्रविधिबारे केही आइडिया थिएन। मेरा केही मित्रहरुले भारतमा देखेर आएकोले त्यहीअनुसार गर्नुपर्छ भन्नुभयो। ठाउँठाउँमा गाडी राखेर छुट्टाछुट्टै माइकिङ गर्दा धेरै खर्च पनि भइरहेको हुन्थ्यो। साथीहरुले भारतमा प्रचार गर्ने तयारी गरेपछि त्यसैलाई अनुसरण गरियो।

त्यस्तो प्रविधि जडान गर्न भारतबाटै मान्छे झिकाइएको थियो। भारतका ठूलाठूला सभा र चुनावमै पनि ‘साउन्ड सिस्टम सर्भिस’हरुले यस्तो काम गरिरहन्थे। तिनैलाई जनकपुर झिकाएर जडान गर्न लगाइएको थियो। त्यसबाट राम्रो आवाज पनि आउँथ्यो। प्रस्ट सुनिन्थ्यो। पछि समाजले नै त्यसमाथि विरोध पनि जनाए। एउटै किसिमको स्वर बजेको बजै गर्यो भनेर व्यापक गुनासो गरे। त्यसपछि अरु गीतहरु पनि सुनाउने प्रयास गर्यौं। तर, त्यसले पनि भएन र प्रचार गर्ने तरिका बदलियो। अरु सामान्य तरिकाले नै प्रचारप्रसार गर्यौं।

प्रकाशित: May 12, 2022| 14:25 बिहीबार, वैशाख २९, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...