मंगलबार, असार ९, २०८३

एमालेका उम्मेदवार पैसा बाँड्दै गर्दा पक्राउ

लमजुङमा एमाले वडाध्यक्षका उम्मेदवार शीवप्रसाद जोशीलाई मौन अवधिमा मतदाता प्रभावित पार्नेगरी पैसा बाँडिरहेको अवस्थामा स्थानीयले पक्राउ गरेका छन्।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

लमजुङ- लमजुङमा एमाले वडाध्यक्षका उम्मेदवार शीवप्रसाद जोशीलाई मौन अवधिमा मतदाता प्रभावित पार्नेगरी पैसा बाँडिरहेको अवस्थामा स्थानीयले पक्राउ गरेका छन्।

National life

लमजुङको बेसीशहर नगरपालिका-११ रामचोक बेसीको वस्तीमा पैसा बाँड्दै गरेको अवस्थामा स्थानीय शिव सेढाइंको समूहले जोशीलाई बुधबार राति साढे १० बजे नियन्त्रणमा लिएको हो।

उम्मेदवारले मतदातालाई लुकिछिपी पैसा दिएर अथवा अन्य प्रलोभनमा पारेर भोट मागेको थाहा पाएपछि जोशीको साथबाट एक लाख ३५ हजार नगद पैसासहितको झोला, मोटरसाइकलको साँचो, पैसा बाडेको नामवली भएको डायरीसहित नियन्त्रणमा लिइएको स्थानीयले बताएका छन्।

घटनाको अनुसन्धानका लागि प्रहरीलाई बुधबार राति नै घटनास्थलमा खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। पैसा बाँडेको पाइएमा कानुन अनुसार कारबाही हुने आयोगको भनाइ छ।

प्रकाशित: May 12, 2022| 11:22 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...