बिहीबार, साउन २८, २०८३

धर्मेन्द्र बास्तोला रिहा

नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला रिहा भएका छन्।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला रिहा भएका छन्।

चुनाव बिथोल्ने गतिविधि गर्न सक्ने आशंकामा बिहीबार बिहान ४ बजे दाङको भालुवाङबाट पक्राउ परेका बास्तोला रिहा भएका हुन्।

स्थानीय निर्वाचनको सुरक्षाको लागि भन्दै उनलाई नियन्त्रणमा लिइएको र सोधपुछपछि रिहा गरिएको प्रहरीले जनाएको छ।

बास्तोला सुर्खेतस्थित घर जाँदै गर्दा प्रक्राउ परेका थिए। चुनाव बहिष्कार गरेका उनले निर्वाचन बिथोल्ने गतिविधि गर्न सक्ने आशंकामा प्रहरीले बीचबाटोमै पक्राउ गरेको थियो।

चुनावकै विषयलाई लिएर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट विभाजन भएर उनले केही दिन अघिमात्र पार्टी पुनर्गठन गरेका थिए।

प्रकाशित: May 12, 2022| 11:06 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...