बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • मतदानका लागि प्रचण्डलगायत नेता चितवनमा, कसले कहाँबाट गर्दैछन् मतदान?

मतदानका लागि प्रचण्डलगायत नेता चितवनमा, कसले कहाँबाट गर्दैछन् मतदान?

शुक्रबार हुने स्थानीय निर्वाचनका लागि राजनीतिक दलका नेताहरू गृह जिल्ला चितवन पुगेका छन्।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

काठमाडौं- शुक्रबार हुने स्थानीय निर्वाचनका लागि राजनीतिक दलका नेताहरू गृह जिल्ला पुगेका छन्। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे र रामबहादुर थापालगायत नेता मंगलबारदेखि नै चितवन आएका छन्।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बुधबार चितवन आएका हुन्। प्रचण्ड मतदानको दिनसम्म चितवन बस्ने कार्यक्रम रहेको छ। उनले भरतपुर महानगरपालिका वडा नम्बर १४ मा रहेको नेपाल प्रहरी स्कुल शान्तिपुरबाट मतदान गर्दैछन्। सो मतदान केन्द्रमा १ हजार ६ सय ७८ जना मतदाता रहेका छन्। 

यस्तै नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले राप्ती नगरपालिकाको वडा नम्बर ५ मा रहेको भण्डारा अस्पताल मतदान स्थलबाट मतदान गर्दैछन्। 

यस्तै एमालेका अर्का उपाध्यक्ष रामबहादुर थापाले भरतपुर महानगरपालिका वडा नम्बर १० को नारायणी नमुना माध्यामिक बिद्यालयबाट मतदान गर्दैछन्। सो मतदान स्थलमा ५ हजार ८ सय ३६ जना मतदाता रहेका छन्। 

भरतपुर महानगरपालिका प्रमुखका उम्मेदवारहरू पाँच दलीय गठबन्धनकी रेनु दाहालले आधारभूत विद्यालय सुन्दरवस्ती भरतपुर महानगर पालिका वडा नम्बर १४, एमालेका उम्मेदवार विजय सुवेदीले भरतपुर महानगरपालिका वडा नम्बर ११ मा रहेको मोहन माध्यामिक विद्यालयबाट मतदान गर्दैछन्। त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले कृष्णपुर माध्यामिक विद्यालयबाट मतदान गर्दैछन्।

प्रकाशित: May 12, 2022| 10:05 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...