बिहीबार, साउन २८, २०८३

रामेछापमा कांग्रेस उम्मेदवारमाथि खुकुरी प्रहार

रामेछापको उमाकुण्ड गाउँपालिका-३ मा कांग्रेसबाट वडाध्यक्षका उमेदवार बनेका रमेश सुनुवारमाथि खुकुरी प्रहार भएको छ।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिका-३ मा कांग्रेसबाट वडाध्यक्षका उमेदवार बनेका रमेश सुनुवारमाथि खुकुरी प्रहार भएको छ। उनीमाथि बुधबार राति खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ।

नेपाली कांग्रेसको तर्फबाट उमेदवार बनेका सुनुवारलाई कुँबुकास्थलीमा नेकपा एमाले र राप्रपाका कार्यकर्ताले खुकुरी प्रहार गरेका हुन्। 

खुकुरी प्रहारबाट सुनुवार गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि बाम्ति अस्पताल लगिएको प्रहरीले जनाएको छ।

मौन अवधिमा सुनुवार बसिरहेको ठाउँ पछाडिबाट आएर खुकुरी प्रहार गरेको रामेछाप कांग्रेसको आरोप छ। 

पबित्र सुनुवार नेतृत्वको समूहले सुनुवारमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले सुनुवारसहित केही कार्यकर्तालाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रकाशित: May 12, 2022| 09:55 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...