शनिबार, वैशाख ६, २०८२

अभिभावकको दबाब कम भएपनि घटेन बालविवाह

अभिभावकको दबाब कम भएपनि बालविवाह गर्नेहरुको संख्या घट्न सकेको छैन। १८ वर्षभन्दामुनिको उमेरमा विवाह गर्न नपाइने कानुनी व्यवस्था छ। बालविवाह रोक्नका लागि सरकारले विभिन्न कार्यक्रम ल्याएको छ।
 |  सोमबार, चैत २८, २०७८
nespernesper

शर्मिला ठकुरी

शर्मिला ठकुरी

सोमबार, चैत २८, २०७८

vianetvianet

सिन्धुपाल्चोक- इन्द्रावती-२ कुन्चोककी मनु मल्लले १६ वर्षको उमेरमा प्रेमविवाह गरिन्। एसईई पास गरेपछि काठमाडौंमा पढ्न पठाउने, राम्रो जागिर खाएपछि मात्र विवाह गरिदिने सोच बाबुआमाको, तर प्रेमलाई विवाहमा परिणत गर्दा उनको उमेर बालिग भइसकेको थिएन। 

triton college

बाबुले विदेशबाट स्मार्टफोन पठाइदिएका थिए उनलाई। त्यही मोबाइलमार्फत् उनी कुनै युवकको प्रेममा परेकी थिइन्। आमाले राम्रोसँग स्मार्ट फोन चलाउन नसक्दा उनलाई अवसर जुरेको थियो। एकदिन मनुको मोबाइलमा नचिनेको नम्बरबाट कल आयो। उठाएर बोल्ने क्रममा चिनापरिचय भयो। 

दैनिक रुपमा कुरा हुन थालेपछि उनले ती युवकको प्रेममा परिन् उनी। देखभेट भएकै थिएन। उनले त्यही युवकसँग बस्ने अठोटका साथ घर छोडिन्। काभ्रेका ती युवकसँग अन्तरजातीय विवाह भयो। 

त्यस्तै कुन्चोक पाडामोरुवाकी सृष्टि मल्लले पनि १७ वर्ष नपुग्दै प्रेमविवाह गरिन्। उनलाई वालविवाहबारे जानकारी नभएको होइन तर उनी आफ्नै उमेरको एक सहचालकको प्रेममा परेर विवाह गरिन्। आमा बुबाले एसईई पास भएपनि कक्षा ११ पढ्नका लागि काठमाडौं पठाएका थिए। उनी कलेज जाँदा चढ्ने गाडीको सहचालकप्रति आकर्षित भएकी थिइन्। दैनिक फोन र म्यासेज हुन थालेपछि उनले विवाह गरेकी थिइन्। 

प्रेममा परेको जानकारी पाएपछि उनका आमाबुवाले दैनिक गालीगलौज र यातना दिन थालेकोले उनले विवाह गरेको बताउने गरेकी छिन्। समयमा नै सम्झाउन नसक्दा उनले अन्ततः बालविवाह गरेको उनका पिता कुमार मल्ल स्वीकार्छन्। 

National life insurance

सृष्टि र मनु त उदाहरण मात्र हुन्, अभिभावकको दबाब कम भएपनि बालविवाह गर्नेहरुको संख्या घट्न सकेको छैन।

000

१८ वर्षभन्दामुनिको उमेरमा विवाह गर्न नपाइने कानुनी व्यवस्था छ। बालविवाह रोक्नका लागि सरकारले विभिन्न कार्यक्रम पनि ल्याएको छ।

बागमती प्रदेश सरकारले बालविवाह रोक्नका लागि प्रत्येक गाउँपालिकामा १ लाख ५० हजार रुपैयाँ रकम दिने गरेको सामाजिक विकास मन्त्रालयकी महिला विकास अधिकृत चन्द्र कुमारी व्यञ्जनकार बताँउछिन्। 

उनका अनुसार चालु आर्थिक वर्षमा सिन्धुपाल्चोकमा मात्र बालविवाह रोक्नका लागि ९ वटा गाउँपालिकामा १३ लाख ५० हजा रुपैयाँ बजेट विनियोजन गरिएको छ। 

इन्द्रवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माका अनुसार स्थानीय तहले बालविवाह रोक्नका लागि विभिन्न स्कुल तथा संघ संस्थाहरुसँग् मिलेर बाल क्लबहरु गठन गर्ने, चेतनामूलक कार्यक्रमहरु गर्ने र आमा बुबाहरुसँग समयसमयमा अन्तक्रिया समेत गर्ने गरिएको छ। 

विभिन्न कार्यक्रमहरु गरेपनि नतिजा भने सकारात्मक आउन नसकेको इन्द्रावती गाउँपालिकाकी महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी अधिकृत सुजाता गौतम स्वीकार्छिन्। उनी भन्छिन्, 'हामीले गरेका विभिन्न कार्यक्रमबाट बाबुआमाहरुबाट हुने बालविवाह रोकिएपनि प्रविधिको विकाससँगै बालविवाहको अर्को रुप देखिएको छ। हामीसँग कतिले वालविवाह गरे भन्ने ठ्याक्कै तथ्यांक त छैन तर पछिल्लो समयमा बालविवाह गर्नेहरुको संख्यामा भने बृद्धि भएको छ,' गौतमले भनिन्। 

पछिल्लो समयमा बढ्दो मोबाइल फोनको प्रयोग, सामाजिक संजाल तथा विभिन्न पोर्न साइटहरुको प्रभाव बालबालिकामा पर्ने भएकोले उनीहरु छिट्टै विपरित लिंगीप्रति आकर्षित हुने गरेको र वालविवाह बढ्दै गएको गौतमको भनाई छ। 

उनका अनुसार चालु आर्थिक बर्षका लागि प्रदेश सरकारले छुट्याएको एक लाख ५० हजार रुपैयाँ जनचेतनामुलक सामग्रीहरुको प्रचार प्रसार गर्नमा नै सकिएको छ। 'हामीकहाँ प्रचार प्रसार सामग्रीले कस्तो असर पर्यो? कस्ता सामग्रीको उत्पादन गर्ने भन्ने विषयमा धेरै ज्ञान छैन, उही सन्चार माध्यमबाट पनि बालविवाह रोकौ, १८ बर्षभन्दा मुनी बालविवाह गर्नु गैरकानुनी हो,' उनले भनिन्, 'भन्ने खालका मात्र सन्देश जाने गरेको छ।' 

तर प्रभावकारी ढंगले बालबालिकामा आकर्षण र प्रेमबारे भिन्नता, कुन उमेरमा कस्तो हुनछ र यसलाई कसरी ट्रयाकल गर्ने भन्ने विषयको सचेता कार्यक्रम र इन्टरनेट तथा सोसल मिडियाका कन्टेन्टहरु कसरी लिने भन्ने विषयमा जानकारीहरुको अभावले बालविवाह बढीरहेको उनको भनाई छ।

सरकारले बाग्मती प्रदेशभर चालु आर्थिक वर्ष मात्र बालविवाह रोक्नका लागि एक करोड ११ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।


प्रकाशित: Apr 11, 2022| 09:25 सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।