मङ्गलबारे- नेकपा एमाले सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीले नियन्त्रणमा लिएका छन्।
बुधबार राति गाउँपालिकाको वडानम्बर ५ को जमुनामा पुगेका उनलाई आर्थिक चलखेल गर्न लागेको आरोपमा स्थानीयले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
उनीसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्कीलाई समेत स्थानीयले नियन्त्रणमा लिएका छन्। मौन अवधिमा दुवै जनालाई प्रचार–प्रसारको काममा लागेको आरोपमा स्थानीयवासीले नियन्त्रणमा लिएका थिए। त्यसपछि उनीहरूलाई प्रहरीमा बुझाएका थिए।
जिल्लास्थित सशस्त्र प्रहरी बलका प्रमुख सुरेश सापकोटाले असुरक्षित हुने देखिएपछि उनीहरूलाई सुरक्षाका लागि राखिएको बताए।