मंगलबार, असार ९, २०८३

धादिङमा कांग्रेस र माओवादीबीच झडप : २७ घाइते, एक बेपत्ता

नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा धादिङमा २७ जना घाइते भएका छन्। एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

धादिङ- नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा धादिङमा २७ जना घाइते भएका छन्। एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

National life

नीलकण्ठ नगरपालिकास्थित वडा नम्वर ६ देउरालीछापमा माओवादी र कांग्रेस कार्यकर्ताबीच बुधबार राति झडप भएको हो। घाइतेमध्ये २१ जना कांग्रेस र अन्य माओवादीका कार्यकर्ता रहेका छन्। बेपत्ता हुनेमा सुनौला बजार निवासी धनबहादुर मग्राती रहेको सुनौला बजार प्रहरीले जनाएको छ। 

घाइतेहरूको जिल्ला अस्पताल धादिङ र स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। अधिकांशको टाउकोमा चोट लागेको र हातखुट्टा भाँचिएको प्रहरीले जनाएको छ।

कांग्रेसका वडा नम्बर ५ का उमेदवार भुपेन्द्र श्रेष्ठ गम्भीर घाइते भएका छन्। उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। थप उपचारका लागि उनलाई काठमाडौं लगिने तयारी भइरहेको प्रहरीले जनाएको छ। बेपत्ता भएका पुरुषको भने खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: May 12, 2022| 09:03 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...